न्यू धौलागिरी साकोस प्रोवेसन कार्यक्रममा आवद्ध


म्याग्दी । बेनी स्थित न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र न्यू धौलागिरी साकोसबीच औपचारिक सम्झौता भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लिलाबहादुर बानियाँ, उपाध्यक्ष अमृतलाल श्रेष्ठ, सचिव रामजीप्रसाद सुवेदी, कोषाध्यक्ष चन्द्रकुमार के.सी., प्ररिष्ठ प्रबन्धककुमार श्रेष्ठ, प्रवन्धक हरीप्रसाद पौडेल र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला पौडेल रहनुभएको थियो ।

सो कार्यक्रममा ५ हजार भन्दा बढी सदस्यहरु माझ वित्तीय सेवाको पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित न्यू धौलागिरी साकोसको करिब ९४ करोडको वासलात रहेको अध्यक्ष लिलाबहादुर बानियाँले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन