काठमाडौं । बाग्मती प्रदेश सरकारको आज बसेको मन्त्रीस्तरीय बैठकले बाग्मती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी, धादिङ जिल्ला बचत संघकी उपाध्यक्ष सीता दुवाडी र सहकारीकर्मी गोविन्द दुलाललाई मनोनित गरेको बाग्मती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले जानकारी गराउनुभएको थियो । सहकारी क्षेत्रको विकास र प्रवर्धन साथै सहकारी क्षेत्र सँग सम्बन्धित सम्पूर्ण काम कारबाहि अगाडि बढाउने उद्देश्यसहित बोर्ड गठनको प्रक्रिया सुरु भएको र चितवन, धादिङ र दोलखाका सहकारीकर्मीहरुलाई सदस्यमा मनोनयन गरिएको उहाँले बताउनुभएको थियो ।
सहकारी विकास बोर्डमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष, एक कार्यकारी उपाध्यक्ष, दुई महिला सदस्य सहित एक पुरुष सदस्य गरी ५ सदस्यीय बोर्ड गठनको व्यवस्था रहेको छ । त्यसैगरी मकवानपुरको हेटौडामा सहकारी विकास बोर्डको कार्यालय समेत स्थापना भइसकेको रजिष्ट्रार पाण्डेले जानकारी गराउनुभएको थियो ।
Leave a Reply