सञ्‍चार र पारस्परिक सम्बन्धका विषयमा तालिम

सहकारी संघसंस्थाको सकारात्मक विकासका लागि सञ्चार र पारस्परिक सम्बन्धको महत्वपूर्ण भूमिका रहेको छ। प्रभावकारी सञ्चार र पारस्परिक सम्बन्ध निर्माणका लागि यस सम्बन्धी विभिन्न सिप र ज्ञानको आवश्यकता रहनुपर्दछ । त्यसैलाई ध्यानमा राखेर राष्ट्रिय सहकारी महासंघले यही साउनमा सञ्चार र पारस्परिक सम्बन्धका विषयमा एक दिने विशेष तालिमको आयोजना गरेको थियो ।

उक्त तालिममा सहभागी हुनुभएका बाग्मती प्रदेश सहकारी संघका तथा जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका सञ्चालक कृष्णप्रसाद तिमिल्सेनाले पारस्पारिक सम्बन्ध विस्तार गर्ने तरिका पनि अभ्यास गरेर सिक्ने अवसर प्राप्त गरेकोमा आभार व्यक्त गर्नुभएको थियो । बाग्मति प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक रमिला श्रेष्ठले संस्थाभित्र कसरी सञ्चार गर्दा प्रभावकारी हुन्छ र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने रामवाण प्राप्त गरेको बताउनुभएको थियो ।

भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाइ सञ्‍चालन गरिएको सो कार्यक्रमको सहजीकरण भिजनरी इन्टरनेशनलका सिइओ तथा मास्टर चेतना कोचइन्द्र गुरुङ र मनोविज्ञान परामर्शदाता तथा भिजनरी इन्टरनेशनलका अध्यक्ष राजेश्वरी श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घाटन महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा सञ्चार र पारस्परिक सम्बन्धलाई मजबुद गराउनुपर्ने आवश्यकता महसुस गरेर महासंघले तालिम सञ्चालन गरेको बताउनुभएको थियो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले प्रभावकारी सञ्चारको दुविधा र स्पष्टताबिचको पुल हो र त्यसको सिप जान्न जरुरी भएको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रम महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजन प्रशासनिक अधिकृत ऋषिकेश लामिछानेले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *