pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

सदस्य सेवा केन्द्र विस्तार गर्दै चन्द्रागिरि साकोस


काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सेवा विस्तार गर्दै दहचोकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । चन्द्रागिरि नगरपालिका वडा नं -१२ सृजनाचोकमा स्थापना गरिएको उक्त सेवाकेन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । चन्द्रागिरि न.पा. १ खहरे स्थित साविक दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण भई उक्त सेवाकेन्द्र स्थापना भएको थियो । वि.स. २०५८ साल वैशाख ६ गते स्थापना भएको चन्द्रागिरिले समुदायमा विभिन्न सहकारी सेवाहरु प्रदान गर्दै आईरहेकोमा वि.स. २०७६ सालबाट आफ्नो एकीकरणको कार्यक्रमहरु सम्पन्न गर्दै अगाडि बढिरहेको र हाल सम्म ३ वटा सहकारी संस्थाहरु सँग एकीकरण गरिसकेको चन्द्रागिरि साकोसको थप सेवाकेन्द्रहरु ललितपुरको खुमलटार, काठमाडौंको न्यूरोड र धादिंगको नौविसेमा समेत स्थापना गर्ने कार्यक्रम रहेको छ ।

सेवा केन्द्र उद्घाटनका क्रममा प्रमुख अतिथि पौडेलले राष्ट्रबैंकद्वारा जारी मौद्रिक नीतिमा सहकारीहरुका बारेमा गरिएको व्यवस्थाहरुको चर्चा गर्नुको साथै साकोसको स्तरीकरण र स्थिरीकरण दुवै विषयलाई महत्वका अगाडि बडाउनुपर्नेमा जोड दिदै उहाँले सहकारी संस्थाहरुलाई वित्तिय बाहेक अन्य क्षेत्रहरुबाट हुने जोखिमको सामना र व्यवस्थापन गर्नको लागि व्यवसाय निरन्तरता योजनाको अभ्यास साकोसहरुले गरिसकेको हुँदा अब डिज्यास्टर रिस्क रिडक्कसन डि.आर.आर.को पूर्वतयारी गरी अगाडि बढ्न सुझाव समेत दिनुभएको थियो । चन्द्रागिरिका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धरले सहकारी एकीकरण प्रकृयालाई थप जोड दिँदै अगाडि बढने योजना रहेको बताउनुभएको थियो भने अध्यक्ष योगेन्द्रकुमार कुँवरले दहचोक क्षेत्रमा चन्द्रागिरि साकोसले गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्ने अठोट गरेको हुँदा ढुक्क भएर सदस्यहरुलाई साकोसका सेवामा सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार २०७८ असार मसान्त सम्ममा संस्थाको कुल सदस्य संख्या १४,२२५ जना, शेयर पुँजी १६ करोड १४ लाख, बचत निक्षेप २ अर्व २१ करोड, ऋण लगानी १ अर्व ७५ करोड र कुल सम्पत्ति २ अर्व ७३ करोडको रहेको र संस्थाले गत वर्षको तुलनामा सदस्यता तर्फ १८ प्रतिशत, सम्पत्ति तर्फ २९ प्रतिशत र सञ्चालन आय नाफा तर्फ ८० प्रतिशतले बृद्धि गरेको थियो । स्थापनाको समय देखि नै समुदायमा आधारित भई सहकारीका सिद्धान्त र मूल्यहरुलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको चन्द्रागिरि साकोसमा १४ प्रकारका बचत र १९ प्रकारका ऋण सेवाहरु उपलब्ध छन् ।

सदस्यहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुतिका लागि विभिन्न सदस्य राहत सुविधाहरु संस्थाले प्रदान गर्दै आईरहेको छ जसमा स्वास्थ्य उपचार, काजक्रिया, सुरक्षित मातृत्व, घातक रोग उपचार, एम्बुलेन्स तथा शव बाहन आदि प्रमुख सुविधाको रुपमा रहेका छन् । संस्थाले आधुनिक प्रविधिको समुचित उपयोग गर्दै मोवाईल बैंकिङ्ग, एटिएम, कियोस्क बैंकिङ्ग र मोहोरपे जस्ता प्रविधिमा आधारित डिजिटल सेवाहरु प्रदान गर्दै आईरहेको छ भने सवारी साधनको विलबुक नविकरण तथा कर भुक्तानी, कर्मचारी सञ्चयकोष ऋण सापटीको किस्ता भुक्तानी, बसभाडा छुट, स्वास्थ्य उपचार छुट जस्ता सेवा तथा सुविधाहरु समेत प्रदान गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध