सिन्धुलीका ८ साकोस कर्ब्स कार्यक्रममा आवद्ध


काठमाडौं । जिल्ला बचत संघ सिन्धुली र नेफ्स्कून विच त्रिपक्षिय सम्झौता मार्फत सिन्धुली जिल्लाका ८ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सहकारी संस्था आवद्ध भएका हुन् । उक्त कार्यक्रममा आवद्ध भएका साकोसहरुमा सिन्धुलीश्री साकोस कमलामाई ६, सिद्धबाबा साकोस कमलामाई ६, सरस्वती साकोस कमलामाई ११, भगवती साकोस कमलामाई १, जलकन्या साकोस कमलामाई ३, दिपमाला साकोस सुनकोसी ३, जनकल्याण साकोस सुनकोशी ३ र नेक्सस साकोस गोलन्जोर ७ रहेका छन् ।

कार्यक्रममा साकोसको तर्फबाट अध्यक्ष तथा व्यवस्थापक, जिल्ला संघको तर्फबाट अध्यक्ष विमला श्रेष्ठ, महासचिव मिथुला घिमिरे र कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडी तथा नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमिल्सेनाद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी उक्त सम्झौता सम्पन्न भएको थियो । सहकारीहरुलाई जोखिम रहित बनाउदै संस्थागत क्षमता विकास गरी स्तरीय सेवा प्रवाह गर्न सहज बनाउने हेतुले कर्ब्स कार्यक्रममा आवद्ध भएको सहभागी सहकारीकर्मीहरुले बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन