नेफ्स्कूनको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३४ औं स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाइएको थियो । कोभिड–१९ को बढ्दो संक्रमणका बीच स्वास्थ्य सर्तकता, भौतिक दूरी लगायत सरकारी निर्देशनहरुको अधिनमा रही राष्ट्रिय सहकारी महासंघको सभाहलमा सीमित अतिथि, नेफ्स्कून सञ्चालकहरु, अग्रज एवम् सल्लाहकारहरु तथा व्यवस्थापन समूहको भौतिक तथा धेरैको अभौतिक एवम् युटुब तथा फेसबुक लाइभमार्फत उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेललको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गर्नुको साथै उहाँले ३४ औं स्थापना दिवस कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ३३ लाख सदस्य भएको बृहत संस्थाको उत्तरउत्तर प्रगतिको कामना समेत गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि केशव बडाल, अतिथिहरु विभागका रजिष्ट्रार लिलाप्रसाद शर्मा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेल, अतिथिहरु नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् प्रदेश सभा सदस्य तारालामा तामाङ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल लगायत नेफ्स्कून पदाधिकारी, सञ्चालक सदस्यहरु र व्यवस्थापन समुहको भौतिक उपस्थिति रहेको थियो । बचत तथा ऋण अभियानको केन्द्रीय संघ नेफ्स्कूने ३३ लाख सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारमा सुरक्षाको प्रत्याभूति सहित सुुरु गर्न गईरहेको स्थिरीकरण कोष सञ्चालन प्रभावकारीताका लागि प्रतिवद्ध रहेको बचनवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सहकारीप्रति जनताको विश्वास अभिवृद्धि गर्न स्थिरीकरण कोष मार्फत संकटमा रहेका बचत तथा ऋण सहकारी संस्थाको सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिदै बचत अभियानको कुल पुँजीको करिब ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन र नेपालको बचत अभियानको केन्द्रीय संघलाई काम गर्ने दौरानमा के कस्ता नीति आवश्यक हुन्छन्‌ त्यसका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भौतिक र भर्चुअल रुपमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गदै नेपालको बचत ऋण अभियानको अपेक्षालाई पूर्णता दिन नेफ्स्कूनले प्रविधि विस्तार र स्थिरीकण कोषको प्रभावकारी सञ्चालनमा प्राथमिकताका साथ लागेको बताउनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि केशव बडाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, अतिथिहरु विभागका रजिष्ट्रार लिलाप्रसाद शर्मा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेल, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत लगायत सम्पूर्णले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेफ्स्कूनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेतले यस बर्षको सम्मान तथा पुरस्कार घोषणा गर्नुभएको थियो भने नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन