नेफ्स्कूनद्वारा एकसाथ पाँच पुस्तक तथा निर्देशिका विमोचन


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले संघको ३४औं स्थापना दिवसको अवसरमा एकसाथ ५ पुस्तक तथा निर्देशिका विमोचन गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. का निवर्तमान अध्यक्ष केशवप्रसाद बडाल, महासंघका अध्यक्ष मीनराज कंडेल, विभागका रजिष्ट्रार लिलाप्रसाद शर्मा, प्रदेश सभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तामाङ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत लगायतले पुस्तक तथा निर्देशिकाको विमोचन गर्नुभएको थियो ।

कथा पैसाको– वित्तीय साक्षरता सम्बन्धी पुस्तक, पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम सम्बन्धी निर्देशिका, जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्बन्धी निर्देशिका, विपद् जोखिम न्यूनीकरण सम्बन्धी दिर्नेशिका र ३४औं स्थापना दिवस विशेष प्रकाशनको विमोचन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन