नेफ्स्कूनद्वारा एमआईएस व्यवस्थापन प्रणाली सञ्‍चालन


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले बचत तथा ऋण सहकारी संघ तथा संस्थाहरुको आवद्धतालाई व्यवस्थित गर्न प्रविधिको उपयोग गरी सदस्य सूचना प्रणाली पोट्रल सञ्चालनमा ल्याउने भएको छ । यही ३४औं स्थापना दिवसको अवसरमा अध्यक्ष परितोष पौडेलले एमआइएस पोट्रलको औपचारिक शुभारम्भ गर्नुभएको थियो । सहकारी ऐन, नियमावली तथा विनियम बमोजिम बचत तथा ऋण सहकारी सञ्जाल व्यवस्थापनका लागि प्रयोगमा ल्याउन लागिएको उक्त पोट्रलको जुनसुकै ब्राउजरमा www.mis.nefscun.org.np मार्फत प्रणालीमा आवद्ध हुन सकिनेछ ।

संघका नयाँ सदस्यहरुको आवद्धताका लागि आवेदन, सदस्यता नविकरण, एकीकरण, खारेजी, विवरणहरु अद्यावधिक गर्ने तथा संघले सञ्चालन गरेको एक्सेस, प्रोवेशन तथा कर्ब्स कार्यक्रमका मासिक प्रगति प्रतिवेदनहरु, वार्षिक अडिट प्रतिवेदन तथा संघलाई दिनुपर्ने सुझावहरु प्रणालीको प्रयोग गरी सम्पन्न गर्न सकिनेछ । यस प्रणाली मार्फत साधारण सभाको प्रतिनिधिको विवरण अद्यावधिक संस्थामा नै बसेर गर्न सकिन्छ र प्रणाली सञ्चालनका लागि संघले म्यानुअल पनि विकास गरिसकेको छ भने म्यानुअलका आधारमा सदस्य संघ संस्थाहरुले जिम्मेवार कर्मचारी तोकी संघको विनियम बमोजिम प्रतिवेदन संघमा पेश गर्न सक्नेछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न