काठमाडौं । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आफ्ना सदस्यहरुलाई लघुकर्जा बीमा, जीवन बीमा र सवारी साधनको विलबुक नविकरण सुविधा संस्थाको सहजिकरणमा दिने भएको छ । लघुकर्जा बीमा र जीवन बीमाको लागि सिटिजन लाइफ इन्सयोरेन्स कम्पनीसँग र सवारी साधनको विलबुक नविकरणको लागि स्मार्ट सर्भिस इन प्रा.लि. सँग सम्झौता गरी सस्थाले आफ्ना सदस्यहरुलाई उक्त सुविधा दिन लागेको हो ।

लघुकर्जा बीमा अन्तर्गत संस्थाबाट ऋण लिई कारोबार गर्ने सदस्यहरुको अधिकतम रु.५ लाख सम्मको अनिवार्य लघुकर्जा बीमा गर्नुपर्ने व्यवस्था गर्नुका साथै विलबुक नविकरण सुविधा अन्तर्गत संस्थाका सदस्यहरुको दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायत ठूला सवारी साधनको समेत संस्थाको सहजिकरणमा विलबुक नविकरण सुविधा उपलब्ध हुने कुरा संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले जानकारी दिनुभएको थियो ।
Leave a Reply