सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई स्वागत

काठमाडौं । बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे सहित सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनका उपाध्यक्ष एवम् बोर्डका सदस्य शान्ति अधिकारीले नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरमा एक कार्यक्रमका बीच स्वागत साथै बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

बोर्डमा मनोनित हुनुभएका बाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बाग्मती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुका साथै कार्यक्रममा बोर्डका उपाध्यक्ष नारायण देवकोटा, बोर्डका सदस्य सिता दुवाडी, जिल्ला वचत तथा ऋण सहकारी सघं मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, सचिव विरेन्द्र ढुगांना र व्यवस्थापक सुमित्रा वाइबाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिल्ड कार्यलय इन्चार्ज ज्योति महत र कार्यक्रम अधिकृत बिदुर खड्काले सहकारी क्षेत्रका वर्तमान अवस्थाबारे संक्षिप्त प्रस्तुती गर्दै सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल समेत गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष, एक उपाध्यक्ष र सचिव सहित १३ सदस्यीय बोर्ड गठनमा उपाध्यक्ष, सचिव र ८ जना सदस्य सहकारी क्षेत्रबाट नियुक्त हुने व्यवस्था रहेको छ ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *