रोयल साकोसको क्यूआर कोड सेवा विस्तार


पोखरा । प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड सेवा थप सदस्यहरुमा विस्तार गरेको छ । नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको हो । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नुभएको थियो ।

योजना बमोजिम संस्थाका सदस्यहरुलाई स्मार्ट सदस्यको रुपमा विकास गराउने र सोहि अभियान अन्तर्गत क्यू आर कोड प्रविधि मार्फत सदस्यहरुको व्यवसायलाई समेत प्रविधिमा जोडेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभएको थियो । क्यूआर कोड प्रविधिको प्रयोगले समयको बचत साथसाथै महामारीको समयमा नगद उपयोगको जोखिम समेत घट्ने र सदस्यहरुले नगद प्रयोगको झन्झटबाट समेत छुटकारा पाउने पोखरा रोयलका सूचना अधिकारी मिलन ढकालले जानकारी गराउनुभएको थियो ।

कोरोना महामारीको कहर बीच गत वर्षबाट नै संस्थाले ४ वटै कार्यालयबाट क्यू आर कोड प्रविधी जडान गरि काउन्टरबाट ई-टेलर सुविधा प्रदान गर्दै आएको, मोबाईल बैङ्‍किङ, एटिएम सुविधा र एस एम एस सुविधा प्रदान गर्दै आईरहेको छ । प्रारम्भिक चरणमा १० जना सदस्यबाट सेवा प्रारम्भ गरेकोमा चालु वर्षमा संस्थाले कम्तिमा पनि १०० भन्दा बढी व्यवसायी सदस्यहरुलाई क्यूआर प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका व्यवसाय प्रवर्धन विभाग प्रमुख विजय श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन