चन्द्रागिरि साकोसले सुरु गर्यो उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम


काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम शुभारम्भ गरेको छ । सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न, जेहेन्दार र सामाजिक रुपमा पछि परेका वर्गकालाई छात्रवृति प्रदान गर्नका लागि उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो । संस्था, यसका सदस्य, विभिन्न निकायहरुको योगदानमा १ करोड रुपैयाँकोको छात्रवृत्ति कोष स्थापना गर्ने र हाललाई कक्षा ११ र १२ अध्ययन गर्नको लागि उक्त छात्रवृत्ति प्रदान गरी सुरुवात गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्न उक्त छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य संस्थाले लिएको छ । हाल यस छात्रवृत्ति कोष स्थापना संगै केही विद्यार्थीहरुलाई यसै वर्ष देखि छात्र वृत्ति प्रदान गरिनेछ ।

हाल सम्म केही योग्दानकर्ताहरुले उक्त छात्रवृत्ति कोषमा योग्दान सुभारम्भ गरिसक्नु भएको छ । योग्दानकर्ताको नाम समेत जोड्न सकिने एवं योग्दानकर्ताले प्रदान गर्ने कुल छात्रवृत्ति संख्या मध्ये केही संख्या योगदानकर्ताकै सिफारिसमा समेत प्रदान गर्न सकिने प्रावधान उक्त छात्रवृत्ति कार्यविधिमा उल्लेख गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन