रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला


नवलपरासीको वर्दघाट सुस्ता पश्चिम स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला आजबाट चितवनको सौराहामा सुरु भएको छ । तीन दिनसम्म चल्ने कार्यशालामा २४ जनाको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष, सल्लाहकार एवम् वर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल हुनुभएको थियो भने नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख एवम् सहजकर्ता दुर्गाप्रसाद ढकाल, र अर्का सहजकर्ता संघका तालिम अधिकृत सुमनराज घिमिरे अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि हमालले संस्थाको इतिहास, पहिलो रणनीतिक व्यसायिक योजना महत्त्व , गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा सहभागिताको क्षण र सहकारीको महत्वका बारेमा धारणा राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन