सुर्खेतको गंगामाला स्वावलम्बन विकास साकोस एक्सेस कार्यक्रममा आवद्ध


सुर्खेत । भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस कार्यक्रममा आवद्ध भएको छ । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसन ब्रान्ड प्राप्त संस्था अब एक्सेसमा आवद्ध भएको छ । एशियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजिकरणमा लागू गरिएको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकिकरण कार्यक्रम हो । २०५५ पुस २ गते स्थापना भएको साकोसमा हाल ६,८,५६ सदस्य छन् भने करिब ४० करोड बराबरको कुल सम्पत्ति रहेको छ ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य एवम् संस्थाका अध्यक्ष यज्ञप्रसाद ढकाल, संघका वरिष्ठ अधिकृत भरत न्यौपाने र साकोसका प्रमुख कार्यकारी अधिकृत हिरालाल घर्ती उपस्थित हुनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न