साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण


काठमाडौं । नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा चितवनमा साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोवेसन अभिमुखीकरण सम्पन्न भएको थियो । नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रमको औपचारिक शुभारम्भ नेफ्स्कूनकी उपाध्यक्ष एवम् बाग्मती प्रदेश सहकारी विकास बोर्डकी सदस्य शान्ति अधिकारीले गर्नुभएको थियो भने अतिथिहरुमा चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य दिपकराज खनाल, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल रहनुभएको थियो ।

साकोस मार्फत हुने सदस्यको वित्तीय कारोबारलाई सुरक्षित एवम् प्रभावकारी बनाउँदै दीगो साकोस निर्माण गर्ने उद्देश्यले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम प्रोवेसन आवद्धता सम्बन्धमा चितवनका साकोसकर्मीहरुबीच अभिमुखीकरण सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा चितवनको रत्‍ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा सञ्चालित विभिन्न १४ बचत तथा ऋण सहकारी संस्थाबाट २४ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन एवम् प्रस्तुतीकरण कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन