सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी


काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटी स्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक समिक्षा, योजना तर्जुमा तथा सहकारी प्रशिक्षण कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न भएको थियो । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु र होमस्टे एशोसिएसनका पूर्व अध्यक्ष भीमबहादुर के.सी. को विशेष आतिथ्यता सहित सुरु उक्त कार्यक्रमको पहिलो सत्रमा सहकारी प्रशिक्षण र दोस्रो सत्रमा आ.व. ०७७/७८ को प्रगति समिक्षा तथा ०७८/७९ को योजना तर्जुमा गोष्ठी सञ्चालन भएको थियो ।

मुख्य प्रशिक्षक नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा झझल्को साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा कर्मचारीहरु गरी ३३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक अधिकारीले संस्थाको सवल सक्षम नेतृत्व र संस्थागत लक्ष्य प्राप्ति प्रतिको प्रतिवद्धताको खुलेर प्रशंसा गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको झझल्को साकोसमा हाल २ हजार ६ सय २० सदस्य छन् भने साकोसको कुल सम्पत्ती २६ करोड ५४ लाख ४६ हजार ८ सय ५० रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न