व्यवसायिक रणनीतिक योजना निर्माण


काभ्रे । बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड वाग्मती प्रोस्कूनको आगामी चार वर्षका लागि व्यवसायिक रणनीतिक योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको थियो ।काभ्रेपलाञ्चोकमा आयोजित कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले गर्नुभएको थियो । प्रमुख अतिथि अध्यक्ष कंडेलले छोटो समयमा प्रदेश बचत संघले उल्लेख्य प्रगति गरेको र अब निर्माण हुन लागेको रणनीतिक व्यवसायिक योजनाले व्यवसायिक र क्षमतावान संघ निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले बाग्मती प्रदेशको बचत तथा ऋण सहकारी संघसंस्थाहरुको व्यवसायिकीकरण गर्दै सुरक्षित साकोस निर्माणमा संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताउनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि बाग्मती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाकोले सहकारी मार्फत साना व्यवसायिक परियोजनामा जोड दिनुपर्ने उल्लेख गर्दै प्रदेश सहकारी विकास बोर्ड र बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ बीच साझेदारी र समन्वय गर्न विकास बोर्ड तयार रहेको विचार व्यक्त गर्नुभएको थियो भने कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले प्रदेश बचत तथा ऋण सहकारी संघले स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट रणनीतिक व्यवसायिक योजना निर्माण गरेकोमा बधाई दिदै बचत तथा ऋण अभियानमा नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्ने र त्यसमा प्रदेश बचत तथा ऋण सहकारी संघको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. बाग्मती प्रोस्कूनको संचालक समिति, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित १७ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यशालाले आगामी ४ वर्षमा २ हजार २५ सदस्य र कुल ९ अर्ब सम्पत्ति पुर्याउने लक्ष्य लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न