आधारभूत क्षमता विकास तालिम सम्पन्‍न


कास्की । पोखरास्थित शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न भएको थियो । पोखरामा आयोजित तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सल्लाहकार र व्यवस्थापन प्रमुख गरी १७ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा समापन तथा उद्घाटन समारोहको अध्यक्षता साकोसका अध्यक्ष लिलाधर बरालले गर्नुभएको थियो भने समापन समारोहका प्रमुख अतिथि पोखरा नगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले शैक्षिक विकास साकोस नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा सहभागी हुन ढिलाई गर्न नहुने भन्दै त्यसको आधारमा दिगो, सुरक्षित र व्यवसायिक संस्था संचालन गर्नुपर्ने बताउनुभएको थियो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा नगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारीले पोखरा महानगरले सहकारी प्रवद्र्धनका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको जानकारी गराउनुभएको थियो । उहाँले महानगर समन्वय समितिले महानगर भित्रका १२५ संस्थाको अनुगमन गरेको, नेफ्स्कूनको तालिममा आफुपनि सहभागी भएको र तालिमहरु उत्कृष्ट हुने गरेको धारणा राख्दै तालिममा सिकेको कुरा संस्थामा लागु गर्न आग्रह गर्नुभएको थियो । प्रमुख अतिथि अधिकारीले शैक्षिक साकोस पोखराको नमुना संस्थाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्ष वावुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न