आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र स्याङ्जाको दुई स्थानीय निकायबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुको प्रवर्धन गर्ने उद्देश्यसहित नेफ्स्कून र बचत संघको अगुवाइमा पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका सँग आधारशिला कार्यक्रम कार्यान्वय सम्झौता गरेकप थियो । नेफ्स्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल र नगरप्रमुख सीमाकुमारी क्षेत्रीले कार्यक्रमका बीच आधारिशला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने सोही दिन नेफ्स्कून र वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँडबीच पनि आधारशिला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

जिल्लाको भिरकोट नगरपालिका, आँधिखोला गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि एकसाथ आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौताको तयारी रहेको थियो, जिल्ला बचत संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले प्राविधिक समस्याका कारण सम्भव नभएको र छिट्टै सम्झौताको काम पुरा गरेर कार्यक्रम कार्यान्वयनमा जाने कुरा व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेशमै पहिलो पटक जिल्लाको ५ वटा पालिका तहमा अधारशिला कार्यक्रम कार्यान्वयन सम्झौताको प्रक्रिया अगाडि बढेसँगैे स्थानीय निकायसँगको सहकार्यमा सहकारी संस्थाहरुलाई आवश्यक प्राविधिक सहजकीरण र क्षमता विकास गर्ने अवधारणासहित सुरु भएको नेफ्स्कूनको नवीनतम कार्यक्रम आधारशिलाले निरन्तर गति लिएको छ ।

सम्झौता पश्चात आधारशिला कार्यक्रमले पालिका भित्रका सहकारी संस्थाहरुको प्रवर्धन तथा संस्थागत विकासमा सहयोग पुग्ने विश्वास नगरप्रमुख सीमा कुमारी क्षेत्री र दिलीप प्रताप खाँडले गर्नुभएको थियो । दुई छुट्टाछुट्टै पालिकासँग भएको सम्झौता कार्यक्रममा नेफ्स्कूनका संञ्चालक सदस्य कमला देवि गिरी, जिल्ला बचत संघ स्याङ्जाका अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठ, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी, पुतलीबजार न.पा.का सहकारी विभाग प्रमुख विष्णु ढकाल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल, नेफ्स्कून व्यवसाय अधिकृत यमकला सुवेदी र सम्बन्धित नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *