२५ औं स्थापना दिवसमा मानव कल्याण समाजलाई सहयोग


काभ्रे । बनेपास्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको थियो । साकोसले कोभिडको कारण स्थापना दिवसलाई बढी औपचारिकता नदिई धुलिखेलस्थित मानव कल्याण समाज सेवा घरलाई आर्थिक सहयोग तथा लत्ताकपडा प्रदान गर्नुको साथै कोषले १३,३६५ रुपैयाँ मानव कल्याण समाजलाई आर्थिक सहयोग गरेको थियो । स्थापना दिवसका अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा साकोसको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति, कर्मचारी र सीमित सदस्यहरुको उपस्थिति रहेको थियो ।

साकोसका अध्यक्ष उदयराम कायस्थले संस्थालाई २५ वर्षसम्मको यात्रामा सहयोग गर्ने शेयर सदस्य तथा सबै पात्रलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सचिव सरोज कुमार तिमिल्सेनाले २५ वर्षको अवधिका आरोह अवरोह बारे चर्चा गर्नुभएको थियो । त्यसैगरी सञ्चालक सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउन सदस्यमैत्री बन्नुपर्नेमा जोड दिदै सोही अवसरमा मानव कल्याण समाज सेवा घरलाई ५०–६० थान पुन-प्रयोग योग्य कपडाहरू पनि वितरण गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन