बचत संघद्वारा शीर्ष संघहरुको ध्यानाकर्षण


काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी क्षेत्रलाई सरकारबाट उपेक्षा गरिएको भन्दै सम्बन्धित निकायमा ठोस पहल गर्न शीर्ष संघहरुलाई ध्यानाकर्षण गराएको थियो । सहकारी क्षेत्रलाई अति आवश्यक सेवा भित्र समावेश नगरिएको, सहकारीका कर्मचारीहरुलाई खोपमा वेवास्ता गरिएको, बैंक र वित्तीय क्षेत्रसरह सहकारीलाई पनि मालपोतमा दृष्टिबन्धक रोक्का कर तोकिएको, वार्षिक साधारणसभा सञ्चालनसम्बन्धी थप निर्देशन जारी नगरिएको र सहकारी संघ संस्थाको बचत निक्षेपको व्याजमा अग्रिम व्याज करको मात्रा अव्यवहारिक भएको भन्दै सरोकारवालाहरुसँग पहल गर्न संघले पत्रसहित ध्यानाकर्षण गराएको थियो । ७३ लाखभन्दा बढी जनसंख्या आवद्ध रहेको सहकारी क्षेत्रलाई राज्यपक्षबाट पटक पटक उपेक्षा गरिएको र पनि सहकारीक्षेत्रप्रति गरिएको विभेदका कारण सहकारीको सेवा प्रभावित भएको पत्रमा उल्लेख गरिएको थियो ।

कोभिड १९ को प्रभावलाई मध्येनजर गरी सहकारी विभागबाट सहकारी संघ संस्थाको लेखापरीक्षण र साधारणसभा सम्बन्धी प्रावधानमा सहजता ल्याउन थप निर्देशनका लागि पहलकदमी गर्न ध्यानकर्षण गराएको थियो । त्यसैगरी सहकारी संघ संस्थाले तरलता व्यवस्थापनका लागि बैंक वित्तीय संस्थामा निक्षेप राखिएको रकमबाट पाउने व्याजमा १५ प्रतिशतले अग्रिम कर कट्टी व्यवहारिक नभएकोप्रति ध्यानाकर्षण गराएको थियो। जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहितको संघका प्रतिनिधिहरुद्वारा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेललाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न