पाँचखाल सेवाकेन्द्रको उद्घाटन कार्यक्रम


काभ्रे । बनेपास्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल सेवाकेन्द्रको उद्घाटन कार्यक्रम भएको थियो । पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतमा सञ्चालित भएको थियो भने कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाप्रमुख उज्‍जल अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा साकोसका व्यवस्थापक निश्चल सापकोटाले संस्थाको परिचय सम्बन्धि सामग्री प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथिले सहकारी संस्थाले ऋण दिने र असुली गर्ने नीति लिने मात्र हो भने सदस्य मैत्री हुन नसक्ने तर्क प्रस्तुत गर्नुभएको थियो । उहाँले युवा साकोसको आगामी दिनमा सफलताको शुभकामना दिदैं आगामी दिनमा पाँचखाल नगरपालिका र युवा साकोसको सहकार्यमा नगरबासीहरूमा उद्यमशिलाता विकास गर्ने तथा जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू संचालन गर्नुपरेमा आफ्नो पूर्ण साथ सहयोग रहने बताउनुभएको थियो ।

संस्थाका अध्यक्ष उदयराम कायस्थले काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको अवगत गराउदै पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक विष्णु गौतम, संस्थाका सञ्‍चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति सदस्य, कर्मचारीलगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न