गैँडाकोटमा किसान मार्टको उद्घाटन


नवलपुर । किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट ४ मा सञ्चालनमा ल्याएको किसान मार्टको औपचारिक उद्घाटन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पोख्रेरेलले किसान मार्टको थालनी र अबको एक डेढ वर्षभित्रमै दुम्कीबाससम्म मुख्य मुख्य ठाउँमा मार्ट बिस्तार गर्दै चितवततिर पनि लाने तयारी रहेको जानकारी पाउँदा खुसी लागेको बताउँदै अभियान सफलताको कामना गर्नुभएको थियो । किसान मार्टको सुरुवात प्रदेशकै लागि उदाहरणीय भएको मुख्य मन्त्रीले बताउनुभयो । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रवर्धनमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले मार्ट सञ्चालन गरेको थियो । ४ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको किसान मार्ट विधिवत् सञ्चालनमा आएसँगै स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरणका साथै उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध हुने दाबी किसान साकोसका निवर्तमान अध्यक्ष एवम् किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गोपालप्रसाद गौतमले गर्नुभएको थियो ।

किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गौतमले मार्ट परियोजनामार्फत कुल ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् जसमध्ये अहिले सञ्चालन भएको मार्टमा मात्र १२ जना कार्यरत छन् । विशेषगरी गैंडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाबासीहरुको सुविधालाई ध्यानमा राखी ६ करोड रुपैयाँ लगानीको किसान मार्ट सञ्चालन गरिएको उहाँले बताउनुभएको थियो । यसको मुख्य उद्देश्य नै किसान साकोस र किसान उपभोक्ता सहकारीका कृषि तथा उद्यमी सदस्यहरुका उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग हो र सहकारीका सदस्यहरुलाई सबै खाले आवश्यक सेवा दिन यो प्रयास थालनी गरिएको थियो । उपभोक्ता सहकारीको भूमिकालाई स्थापित गर्न मार्ट सञ्चालन गरिएको भन्दै गौतमले स्थानीयबासीहरुको पनि यसमा साथ सहयोग रहनेमा आफु तथा संस्था विश्वस्त रहेको दाबी गर्नुभएको थियो ।

उहाँले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत सुनाउदै किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको उल्लेख गर्नुभएको थियो । उहाँले मार्ट सञ्चालन आफैमा चुनौतीपूर्ण काम भएपनि चुनौतीमार्फत नै सफलताका सम्भावनाहरु पहिल्याइने दाबी गर्नुभएको थियो । स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने र कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न