चाँगुनारायण नगरपालिकाद्वारा सहकारी प्रशिक्षण


भक्तपुर । चाँगुनारायण नगरपालिका सहकारी शाखाले नगरस्तरीय सहकारी संघका पदाधिकारी तथा नगर भित्ररहेका सहकारीहरुका पदाधिकारीका साथै कर्मचारीहरुलाई सहकारी विकास र क्षमता अभिवृद्धि सम्बन्धी आवसीय प्रशिक्षण कार्यक्रम नगरकोटमा आयोजना गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.की सञ्चालक मन्दरा मिश्र र चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका अध्यक्ष उमेश प्रधान लगायत ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका सचिव प्रल्हाद बास्तोलाले गर्नु भएको थियो भने उक्त प्रशिक्षण कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष पौडेलले सहभागीहरुलाई सहकारी विकास सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । त्यसैगरी अन्य प्रशिक्षकको रुपमा चाँगुनारायण नगरपालिका सहकारी शाखा प्रमुख विजयकुमार शर्मा र क्लब हिमालय होटलका राजेन्द्र सेढाईले पनि प्रशिक्षण गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न