सिन्धुलीमा ऋण व्यवस्थापन तालिम सम्पन्न


सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा ऋण व्यवस्थापन तालिम सिन्धुलीगढीमा सम्पन्न भएको थियो । ऋण व्यवस्थापनसम्बन्धी ज्ञान र सिप उपलब्ध गराई सहकारी संस्थालाई सुरक्षित र सवल बनाउने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरिएको थियो । तालिममा १६ साकोसबाट १७ जनाको सहभागिता थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिममा ऋणको परिचय, ऋण परिचालन तथा व्यवस्थापन प्रक्रिया,5 C विश्लेषण ,PEARLS का सुचकहरु आदि बिषयमा चर्चा गर्दै संस्थालाई जोखिमरहित बनाइ अझ सबल र सक्षम बनाउन अपनाउनुपर्ने नीति तथा रणनीतिहरुको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो ।

बचत तथा ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने धारणा सिद्धबाबा साकोस रातमाटाकी उपाध्यक्ष सरस्वती देवकोटा र धनसरी साकोसका अध्यक्ष नरेन्द्र कार्कीले समापन कार्यक्रममा बताउनुभएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उहाँले तालिमबाट सिकेका कुरा संस्थामा लागू गर्नुपर्नेमा जोड दिदै खासगरी ऋण व्यवस्थापन गर्न र ऋण लगानीका सम्बन्धमा भएका कमजोरीहरु सुधार्न तालिम उपयोगी हुने बिचार समेत राख्नुभएको थियो । आयोजक संस्थाका कोषाध्यक्ष कृष्णहरि कोइराला समेतको उपस्थिति रहेको समापन सत्रको सञ्‍चालन जिल्ला बचत संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न