साकोस सुपरिवेक्षण तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्‍न


धादिङ । जिल्लामा सञ्चालित सात वटा बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । नशिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा जिल्ला वचत संघ धादिङ र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला धादिङ जिल्ला सिद्धलेक गाउँपालिकाको कार्यालयमा भएको थियो । उक्त बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्षको प्रमुख आतित्यथा सहित जिल्ला बचत संघ धादिङका अध्यक्ष टापबहादुर श्रेष्ठ, जिल्ला वचत संघका वरिष्ठ उपाध्यक्ष शेषकान्त कडेल, महिला उपाध्यक्ष सिता दुवाडी खनाल, सचिव तुलसीप्रसाद अधिकारी, नशिक साकोसका संस्थापक अध्यक्ष एवम् गाउँपालिकाको सहकारी क्षेत्र हेर्ने टंकप्रसाद तिमिल्‍सिना शर्माको विशेष आतित्यथा रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले जिल्ला भित्रका वचत तथा ऋण सहकारीहरुको बर्तमान अवस्था, सरकारको सहकारी प्रतिको दृष्टीकोण र अभियानमा जिल्ला संघ र नेफ्स्कूनको भूमिकाको विषयमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी साकोस प्रतिनिधिहरुले आ–आफ्नो संस्थाको वित्तिय अवस्था, आर्थिक पारदर्शिता, संस्थाको जिम्मेवारी र जवाफदेहिता, संस्थाको आर्थिक एवं व्यवस्थापकीय जोखिम र जोखिम न्यूनिकरणमा साकोस एवं संघहरुको भूमिका र स्थानीय निकायको नियामकीय भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु, व्यवस्थापकहरु, स्थानीय सहकारीकर्मीहरु, स्थानीय निकायका प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता रहेको थियो भने कार्यशाला सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा कार्यक्रम अधिकृत ढकालले जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रमको परिमार्जित म्यानुअलको विषयमा समेत जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न