सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम


बन्दीपुर । जनकल्याण साकोस, बेसीशहर, लमजुङका सञ्‍चालकहरूको क्षमता अभिवृद्धि तालिम CUDCC आजबाट तनहुँको बन्दीपुरमा सुरु भएको थियो । यही भदौ २६ गतेसम्म सञ्चालन हुने तालिममा २४ जनाको सहभागिता रहेको थियो । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ताराराज घलेले गर्नुभएको थियो भने अतिथिमा तालिम प्रशिक्षकहरु नेफ्स्कूनका वरिष्ठ अधिकृत बल्लभ तिमिल्‍सिना र तालिम अधिकृत सुमनराज घिमिरे हुनुभएको थियो । त्यसैगरी स्वागत मन्तव्य मिलबहादुर गुरूङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन व्यवस्थापक झमप्रसाद गुरूङले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले व्यानरमा हस्ताक्षर गरेर तालिम उद्घाटन गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न