आधारशिला कार्यक्रम सम्झौता


काठमाडौं । सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका र नेफस्कूनबीच आधारशिला कार्यक्रम सम्झौता भएको थियो । उक्त गाउँपालिकामा आयोजित एक कार्यक्रममा सम्झौता हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको थियो भने कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल तथा गाउँपालिका अध्यक्ष बलिराम डंगौरा थारुले आधारशिला कार्यक्रमको सम्झौता आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, गाउँपालिका उपाध्यक्ष भगवति देवी डंगौरा थारु, नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशी, वडा सदस्य राधा चौधरी, गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख गोविन्द रेग्मी, सहकारी शाखा प्रमुख सिताराम चौधरी, कृषि सहकारी केन्द्रीय संघका सञ्चालक पदमराज रिजाल, वडा अध्यक्ष २ भेखु चौधरी, कार्यपालिका सदस्य कोकिला खत्री लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन एवम् प्रस्तुतिकरण नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो भने आधारिशला कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यवसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आवद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने रहेका थिए‍ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न