मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा


पोखरा–४, चिप्लेढुङ्गाको घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरू गरेको थियो । स्थापना दिवसको अवसर पारेर साकोसका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । संस्थामा आयोजित सातौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष विजुक्छेले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुलाई छिटो छरितो र सहज रुपमा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा शुभारम्भ गरेको बताउनुभएको थियो ।

संस्थाका प्रवन्धक रबिन्द्र तिवारीले संस्थाको मोबाइल बैंकिङ्ग एप्सबाट मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न, चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ता भुक्तानी गर्न, इ-सेवा लोड तथा इ-सेवाबाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारीबाट बैंक खातामा रकमान्तर गर्न सकिने जानकारी दिंदैं संस्थाले सरल र सहज रुपमा सदस्यहरुलाई वित्तिय सेवा प्रदान गरिएको जानकारी दिनुभएको थियो ।

साकोसका अध्यक्ष विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बलबहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापाले साकोस र सदस्य सम्बन्ध साथै प्रविधि प्रयोग विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न