कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन


जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध सिन्धुली जिल्लाका १९ वटा साकोसहरुको पहिलो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सिन्धुलीमाडीमा सम्पन्न भएको थियो । सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कृष्णहरी कोइराला रहनुभएको थियो भने कार्यक्रममा सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत सारदाप्रसाद पहाडीले कविता बाचन गर्दै शब्दद्वारा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून अनुगमन अधिकृत श्यामराजा तिमिल्‍सिनाले सहकारीमा सुशासनको विषयमा प्रस्तुतीकरण राख्नुको सार्थै कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशाला सञ्चालन सम्बन्धि निर्देशीका, साकोसहरुको मासीक प्रतिवेदन तयारी तथा कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशालामा साकोसहरुले प्रस्तुत गर्ने प्रतिवेदनको ढाँचाको विषयमा साकोसहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा १९ वटा साकोसहरुलाई सुनकोषी क्लस्टर, सिन्धुलीगढी क्लस्टर र कमला क्लस्टर गरी विभाजन समेत गरीएको थियो । सिन्धुलीगढी क्लस्टर अन्‍तर्गत नमुना महिला साकोस मरिण गा.पा ७, भगवती महिला साकोस कमलामाई न.पा १, राष्ट्रसेवक साकोस कमलामाई न.पा ६, सिन्धुलीश्री साकोस कमलामाई न.पा ६, सिद्धबाबा साकोस कमलामाई न.पा ६, सरस्वती महिला साकोस कमलामाई ११ रानिचुरी, परिवर्तन महिला साकोस कमलामाई न.पा २ भद्रकाली रहेका थिए । यसैगरी कमला क्लस्टर अन्तर्गत कमलामाई महिला साकोस दुधौली पा ४ सिर्थौली, सगरमाथा महिला साकोसदुधौली न.पा ३ हत्पते, सन्तोषी महिला साकोस दुधौली न.पा ६ , गुँराश महिला साकोस कमलामाई न.पा १२ रानिवास र परोपकारी महिला साकोस तिनपाटन गा.पा ९ रहेका थिए ।

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यलय हरिवनका फिल्ड इन्चार्ज महेश बरालले सिन्धुलीमा नेफ्स्कून सेवा कार्यालय स्थापना तयारीको विषयमा जानकारी गराउँदै सबै बचत तथा ऋण सहकारी संस्थालाई संघको सेवामा सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्य‍सैगरी कार्यक्रमका प्रमुख अतिथि कृष्‍णहरी कोइरालाले साकोसहरु निति, विधि र प्रविधिमा लैजानको लागि छाता संघहरुले यथेस्ठ जोखिम पहिचान र विश्लेषण गरी उक्त जोखिमहरुलाई न्युनिकरण गर्दै निति, विधि र प्रविधी मार्फत संस्थालाई सवल र सक्षम बनाउने कुरा राख्दै कार्यक्रममा आवद्ध साकोसहरुलाई कर्ब्सका सूचकहरु पुरा गर्दै छिट्टै गुणस्तर युक्त साकोसको ब्राण्डका लागि शुभकामना दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न