काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेशन कार्यक्रममा आबद्ध भएको थियो । संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भगवन्तप्रसाद धवल र नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इन्चार्ज छत्रप्रसाद जैसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष अभिनन्दन सिंह, सचिव भोलाप्रसाद कुर्मी, कोषाध्यक्ष वलवन्त कुर्मी र व्यवस्थापक दिनेश कुमार कुर्मीको सहभागिता रहेको थियो भने नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का, भुमही सेवा केन्द्रका व्यवसाय सहायक नेत्रप्रसाद सापकोटा उपस्थित हुनुभएको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भगवन्तप्रसाद धवलले सहकारी सञ्चालनमा देखिएका कमी कमजोरी सुधार गर्न र संस्थाको दीगो विकासका लागि कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
व्यवस्थापक दिनेश कुमार कुर्मीले संस्था सञ्चालनको एक दशक पुग्न लागेको जानकारी गराउँदै संस्थासँग सदस्यहरुको अपेक्षा पनि बढिरहेको सन्दर्भमा सदस्य सेवा प्रभावकारी बनाउन, संस्थागत नीति नियममा सुधार गर्न र दीगो संस्था विकासका लागि प्रोवेशन कार्यक्रम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो । त्यसैगरी शुभेच्छा बचत तथा ऋण सहकारी संस्था २०६९ असोज २१ गतेदेखि सञ्चालमा आइ हाल ३ हजार १२ सदस्य रहेका छन् भने ६८ लाख ३३ हजार सेयर पुँजी, ११ करोड २४ लाख बचत र १३ करोड ९५ लाख ऋण लगानी रहेको छ ।
Leave a Reply