२४ औं वार्षिक साधारण सभा सम्पन्‍न

रुपन्देही । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको २४ औं वार्षिक साधारण सभा तथा छैठौं सञ्चा‍लक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचन सम्पन्न भएको थियो । उक्त सभामा महेश्वरप्रसाद श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र त्रिविक्रम श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरिएको थियो । संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवलप्रसाद कसजू, अतिथि, चार्टड अकाउन्टेन्ट छविलाल पोख्रेल, प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष तथा निर्वाचन समितिका संयोजक कृष्णप्रसाद नेपाल, जिल्ला सहकारी संघ लि.का व्यस्थापक तथा निर्वाचन समितिका सदस्य भुपराज भट्टराई, निर्वाचन समितिका सदस्य प्राध्यापक डा. बाबुराम ज्ञवाली एवम् सेयर सदस्यहरु र संस्थाको व्यवस्थापनको सहभागितामा सम्पन्न भएको थियो ।

सञ्चा‍लक समितिको प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने सञ्चा‍लक सदस्य सुजिता शेरचनले स्वागत सम्बोधन गर्नुभएको थियो । लेखासमितिको प्रतिवेदन तथा आ.व.२०७८र०७९ को बजेट रु. १६,३७,४२,५००।– लेखासमिति संयोजक मुक्तिप्रसाद श्रेष्ठ र लेखापरिक्षण प्रतिवेदन लेखापरिक्षक सि.ए. छविलाल पोख्रेलले प्रस्तुत गर्नुभयो भने शुभकामना मन्तव्य सदस्यहरु अम्विका पौडेल, विजयराज वस्याल, चन्द्रमान श्रेष्ठ र अर्जुनमान सैंजूले राख्नुभएको थियो । त्यसैगरी धन्यवाद ज्ञापन सञ्चा‍लक सदस्य डा.द्वारिकाप्रसाद प्रधानले गर्नुभएको थियो भने कार्यक्रम सञ्चा‍लन संस्थाको व्यवस्थापक विनोद प्रताप ज.व.रा.ले गर्नुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *