नव सृजनशील साकोस प्रोवेसन कार्यक्रममा आबद्ध


काठमाडौं । चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेसन कार्यक्रममा आबद्ध भएको थियो । राजधानीमा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र नव सृजनशील साकोसका अध्यक्ष विश्वनाथ अर्यालले सम्झौता हस्ताक्षर सहित आदानप्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौडेलले प्रोवेसनको प्रभावकारिता र लोकप्रियताका बारेमा अन्तर्राष्ट्रिय चासो समेत बढेको भन्दै यसले वित्तीय सहकारीहरुलाई सुशासित र चुस्त बनाउने दाबी समेत गर्नुभएको थियो । त्यसैगरी बङ्गलादेश, फिलिपिन्स लगायत एशिया प्रशान्त क्षेत्रका मुलुकहरुले प्रोबेसनका बिषयमा जानकारीहरु लिने गरेको चर्चा गर्दै उहाँले देशभित्र पनि साकोसहरु यस कार्यक्रममा आबद्ध हुन लालायित भएको र प्रोबेसनमा सम्झौता भएसँगै अब नव सृजनशील साकोसको काउन्टडाउन सुरु भएको बताउँदै अध्यक्ष पौडेलले २ वर्षभित्र ब्रान्ड पाउन सफलता मिलोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अर्यालले संस्थालाई नीति र विधिमा हिडाउने उद्देश्यका साथ स्तरीकरण कार्यक्रममा आबद्ध भएको र यसका लागि छैठौं वार्षिक साधारण सभामा संकल्प प्रस्ताव पास गरिएको जानकारी गराउनुभएको थियो । त्यसैगरी प्रोवेसनमा मात्र होइन ब्रान्डका लागि सबै किसिमका चुनौतीहरु सामना गर्दै भोलिका दिनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक्सेस ब्रान्ड प्राप्त गर्ने लक्ष्य साकोसले लिएको उहाँले बताउनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष रामप्रसाद नेपाल, केशवराम नेपाल लगायले प्रोवेसन कार्यक्रममा सहभागी हुन पाउनु अत्यन्तै गर्वको विषय भएको भन्दै सम्झौता भएको दिनलाई ऐतिहासिक भनी संज्ञा दिनुभएको थियो ।

उहाँहरुले साकोसलाई दिगो, मर्यादित र व्यवस्थित बनाउन प्रोवेसन कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा संस्थाका सचिव शालिकराम पौडेलले सञ्चालन गर्नुभएको थियो । २०६५ सालमा स्थापित संस्थामा हाल करिब १२ सय सदस्य रहेको र साविकको कपन, जोरपाटी, गोठाटार गाविस र काठमाडौं ६ र ७ वडा कार्यक्षेत्र रहेको संस्थामा १ करोड ७८ लाख सेयरपुँजी १७ करोड, ऋण लगानी तथा १४ करोड माथि बचत निक्षेप रहेको छ भने ७ जना कर्मचारी कार्यरत रहेका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न