ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा दुई दिने पर्ल्स विश्लेषण तालिम सम्पन्न भएको थियो । उक्त तालिममा २३ संस्थाबाट सहभागिता रहेको थियो भने संघले तालिमका सहभागीहरुले सिकेका कुराहरुलाई संस्थामा लागु गर्ने पूर्ण विश्वास लिएको जनाएको थियो । तालिम समापनमा जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समापन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष एवम् तालिम शिक्षा उपसमिति संयोजक करुणारत्न बज्राचार्य, सचिव श्यामकृष्ण महर्जन, व्यवस्थापक सन्तोष बजगाई लगायतको सहभागिता रहेको थियो भने तालिम सहजिकरण संघको रोष्टरमा सूचीकृत प्रशिक्षक अनिलविर बज्राचार्यले गर्नुभएको थियो ।
Leave a Reply