pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

रणनीतिक व्यवसायिक योजना कार्यशाला सुरु


बर्दघाट–२, चिसापानी नवलपरासीस्थित हाम्रो सुपर साकोसको रणनीतिक व्यवसायिक योजना कार्यशाला सुरु भएको थियो । कार्यशालाको उद्घाटन नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै साकोसका सल्लाहकार प्रमुख अतिथि ढकालले व्यवसायिक रणनीतिक योजनाले संस्थाको स्पष्ट मार्गचित्र तोकिने बताउँदै यसकै आधारमा संस्थागत उपलब्धिसँगै सदस्य सेवा सम्भव हुने बताउनुभएको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकालले संघले समेत हरेक संस्थालाई योजना अनुसार अघि बढ्न प्रेरित र सहजीकरण सहयोग गर्दै आएको धारणा समेत राख्नुभएको थियो । उहाँले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आबद्ध भएका कारण पनि हाम्रो सुपर साकोसले सुशासन, इमानदारी र पारदर्शिता प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

हाम्रो साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उपाध्यक्ष सावित्री दुवाडी, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन साकोसका सचिव बिष्णुप्रसाद बरालले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समेत गरी २७ जनाको सहभागिता रहेको थियो भने उक्त तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध