क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न
नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ बाँकेको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा नेपालगञ्जमा आयोजित प्रतिवेदन लेखन तथा बैठक सञ्चालन क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको थियो । तालिम समापनमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीले बचत संघ बाँकेले सदस्यहरुको मागमा आधारित तालिमहरु मासिक रुपमा सञ्चालन गर्ने कुरा बताउँदै त्यसबाट लाभ लिन अनुरोध समेत गर्नुभएको थियो ।
त्यसैगरी तालिममा बाँके जिल्लाका २४ सहकारीकर्मीको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेशप्रसाद रेग्मीले गर्नुभएको थियो ।