नवनियुक्त सचिवको स्वागत तथा निवर्तमान सचिवको बिदाई
काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बाग्मती प्रदेश, हेटौँडाको सचिवको रुपमा १ वर्ष कार्यरत रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएका निवर्तमान सचिव डा. मतिना जोशी वैद्यको बिदाई कार्यक्रम आयोजना गरिएको थियो । बिदाई कार्यक्रममा बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, बाग्मती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, मन्त्रालयका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
बाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नवनियुक्त सचिव डा. शरणकुमार पाण्डेलाई मन्त्रालयका कर्मचारीले स्वागत एवम् सम्मान गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको सचिवमा सरुवा हुनुभएका पाण्डेलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका थिए ।