टिकापुर कैलालीको १० औं वार्षिक साधारण सभा सम्पन्‍न


कैलाली । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टिकापुर कैलालीको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको थियो । उक्त सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरि सभामा नेफ्स्कूनका सञ्चालकद्वाय यज्ञप्रसाद ढकाल र माधव जोशीको बिशेष आतिथ्यता थियो भने राष्ट्रिय सहकारी बैंककी सञ्चालक शिवा थापा, लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष पौडेलले सहकारीले गर्ने कामले सदस्यको मुहारमा खुसी छाउनुपर्ने, सदस्यको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभएको थियो । त्यसैगरी २०६९ साल असार २८ गते स्थापित साकोसमा हाल ४ सय १८ महिला र बाँकी पुरुष गरी ९ सय सदस्य रहेको र टीकापुर नगरपालिका वडा नं १ देखि ५ सम्म कार्यक्षेत्र रहेको साकोसको गत भदौं मसान्तसम्म १ करोड १४ लाख २२ हजार ३ सय सेयर पुँजी, बचत निक्षेप २ करोड ९१ लाख ९१ हजार ४ सय ६०, ऋण लगानी ४ करोड ५५ लाख ४६ हजार रहेको जानकारी गराइएको थियो ।

 

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन