काठमाडौंको टोखा नगरपालिका-५ स्थित क्यापिटल मोबिलाईजेशनले आर्थिक वर्ष २०७७/७८ मा आफ्नो कारोबारमा उल्लेख्य बृद्धि गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ३ करोड २४ लाख ५ हजार कूल सम्पत्ति रहेको यस संस्थाले यस वर्ष ६ करोड ४२ लाख कूल सम्पत्ति पुर्याएको थियो भने हाल सम्पन्न संस्थाको ११औँ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाको निक्षेप २ करोड ३८ लाख ९५ हजारबाट वृद्धि भई ४ करोड ४ लाख पुगेको र संस्थाको कर्जा लगानी २ करोड १२ लाख ९५ हजारबाट ३ करोड ७० लाख ६ हजार पुगेको उल्लेख गरिएको थियो । त्यसैगरी संस्थाको वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन तथा चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निरञ्जन सेढाईले संस्थाले विषम परिस्थितिबिचमा पनि कारोवारमा बृद्धि तथा नीतिगत सुधार गरेको बताउदै उहाँले यस वर्षको योजनाबारे जानकारी दिँदै संस्थामा बालबालिका तथा युवा लक्षित कार्यक्रम लागु गर्ने, संस्थाको कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र थप गर्ने, प्रविधियुक्त वित्तिय सेवा प्रदान गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी उप्रेतीले शुभकामना मन्तव्य दिँदै संस्थाको प्रगतिमा सदस्यको सहभागिता प्रमुख कुरा रहेको भन्दै संस्थाका सदस्यहरूले अब एउटै मात्र संस्था रोज्नुपर्ने र सम्पूर्ण कारोबार त्यसबाट मात्र गर्नुपर्नेमा जोड दिनुभएको थियो भने बाग्मती प्रदेश सहकारी संघका सञ्चालक विपिन शर्माले संस्थाको कारोबार सानो वा ठूलो भन्दा पनि सुशासन र नीति नियमको पालना प्रमुख रहने बताउँदै संस्थाले आर्थिक कारोबार बृद्धिसँगै संस्थालाई पूर्ण रूपमा विधिसंगत सञ्चालन गर्ने तर्फ लगेको प्रशंसा गर्नुभएको थियो ।
Leave a Reply