सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु


महोत्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले प्रदेश नं- २, महोत्तरी को बर्दिबासमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन गरिएको थियो । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहको प्रमुख आतिथ्यतामा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं- २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा र बाग्मती प्रदेशको सिन्धुली जिल्लाका साकोसको अध्यक्ष, सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रमा प्रमुख अतिथि सिंहले शुभकामना मन्तव्य राख्दै मन्त्रालय सहकारीको विकासका लागि सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले केहि सहकारीमा अनुशासनको कमि देखिएकोले उक्त कुराको नियन्त्रणको लागि अभियानको साथ सहयोगको अपेक्षा समेत राख्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन