नयाँ तथा सम्भावित सदस्यहरुलाई अनिवार्य सहकारी शिक्षा


भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले अहिले दैनिकजसो गैह्र सामुदायिक सहकारी संस्थाहरुले सर्वसाधारणको पैसा जोखिममा पारेको समाचार प्रकाशित भइरहेको अवस्थामा त्यस्ता संस्थाहरुको आर्थिक तथा भौतिक प्रलोभनमा नपरी संस्थाको पूर्ण जानकारी लिई मात्र कारोबार गर्न सचेत गर्नुभएको थियो । त्यसैगरी सहकारी संस्थाले सदस्यको आर्थिक जीवन उकास्ने उद्देश्यका साथ ऋण लगानी गर्ने भएकोले सदस्यले आफ्नो क्षमता अनुसार मात्रै ऋण लिई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै सिद्धि गणेश साकोसले कोभिड महामारीका कारण प्रभावित व्यवसायी सदस्यहरुका लागि ९५ को सुलभ व्यजदरमा लघु व्यवसाय सञ्चालन तथा व्यवसाय पुनर्जीवन ऋण कार्यान्वयनमा ल्याएको जानकारी दिनुभएको थियो ।

सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्र नारायण लाखाले सामाजिक क्रियाकलापमा सक्रिय ३१ जना युवाहरुले तात्कालिन समाजको सामाजिक एवं आर्थिक अवस्था उकास्‍ने उद्देश्यका साथ सिद्धि गणेश साकोसको स्थापना र यसले सदैव मान सम्मान तथा नाफालाई भन्दा सदस्य सेवालाई प्राथमिकतामा राखेको जानकारी गरा‍उदै संस्थाको पृष्ठभूमी बारे जानकारी दिनुभएको थियो । त्यसैगरी नयाँ तथा सम्भावित गरी ५१ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण वनमालाले गर्नुभएको थियो भने सदस्य रत्नश्वरी चवालले कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन