साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनको आयोजनामा कास्कीको पोखरामा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु भएको थियो । नेफ्स्कूनका सञ्चालक एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरिको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडलले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बलालले स्वागत गर्नुभएको थियो भने नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय सहकारी अभियन्ता तथा विभिन्न सहकारीका प्रतिनिधिहरु सहित १ सय ५० को उपस्थिति रहेको थियो ।