नेफ्स्कूनको आयोजनामा सदस्य आवद्धता अभिमुखीकरण सम्पन्‍न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनको सुनसरी फिल्ड कार्यालय अन्तर्गत लेटाङ सेवा केन्द्रको आयोजनामा सदस्य आवद्धता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश नं- १ बचत संघका उपाध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ सेवा केन्द्र अन्तर्गतका १० बचत तथा ऋण सहकारी संस्थाबाट १७ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा प्रदेश बचत संघका उपाध्यक्ष सुवेदीले बचत तथा ऋण सहकारी संस्थाहरु अब सुशासन र स्वनियमनमा चल्नुको विकल्प नरहेको बताउँदै सहभागी साकोस प्रतिनिधिहरुलाई ढिलो नगरि नेफ्स्कूनमा आवद्ध हुन र नीति, विधि र प्रविधि प्रयोगमार्फत सञ्चालनमा आउन जोड दिनुभएको थियो । त्यसैगरी कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *