साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान


काठमाडौं । नेफ्स्कूनले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान विषयक प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत समूहगत छलफल प्रारम्भ भएको थियो । प्रदेशभरका ११ मध्ये ९ जिल्लाबाट सहभागी साकोसहरुका सञ्चालक समिति तथा व्यवस्थापन गरी १ सय बढी प्रतिनिधिहरुलाई ५ वटा समूहमा विभक्त गरी छलफल सत्र चलाइएको थियो ।

नेफ्स्कूनका कार्य प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलका अनुसार World Cafe Methodology मा समाविष्ट डेढ दर्जन प्रश्नावलीहरुमा आधारित रहेर कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिएको थियो भने समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा प्रदेश अन्तर्गत ९ जिल्लाका १ सय ५० सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको नेफ्स्कून पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदीले साकोस आवाजलाई जानकारी गराउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न