सिन्धुली माढीमा नेकोस सफ्टवेयर अभिमुखीकरण कार्यक्रम

सिन्धुली । सिन्धुली माढीमा नेकोस सफ्टवेयरसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कून र सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै जिल्ला संघकी अध्यक्ष बालकुमारी श्रेष्ठले प्रविधिलाई सहज रूपमा स्वीकार्दै हतोत्साही नभई अघि बढ्न सहभागीहरुलाई प्रोत्साहित गर्नुभएको थियो । त्यसैगरी संघका कार्यक्रम अधिकृत शारदा पहाडीबाट अनौपचारिक रूपमा प्रारम्भ गरिएको सो कार्यक्रममा सिन्धुली बचत संघका सञ्चालक गोकर्णप्रसाद सुवेदी र लेखा सुपरिवेक्षण समिति संयोजक शम्भुप्रसाद गजुरेल समेतको उपस्थिति रहेको थियो भने कार्यक्रममा नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रवीन अधिकारीले नेकोस सफ्टवेयरका विशेषता, यसमा थपिएका सुविधाहरु र भावी योजनाका सम्बन्धमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अधिकृत अधिकारीले नेकोस सफ्टवेयर सहकारी मैत्री, साकोसका जनशक्तिले सहज रुपमा प्रयोग गर्न सक्ने र लागतमैत्री पनि भएको जानकारी गराउनुभएको थियो । उहाँले नेकोस सफ्टवेयरको माध्यमबाट सहकारीहरुले सुरक्षित, भरपर्दो, विश्वसनीय र पारदर्शी हिसाबकिताब राख्‍न सक्ने भन्दै सहभागीका जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो भने सो कार्यक्रममा जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १५ वटा सहकारी संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *