सुर्खेत । नेफ्स्कूनको आयोजनामा कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको थियो । बचत तथा ऋण सहकारी अभियानमा संलग्न तथा सरोकारवालाहरुबीच अभियानका सामुयिक सवालहरुमा साझा अवधारणा विकास गरी साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माणको उद्देश्यले सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र बिशेष अतिथिमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु रहनुभएको थियो ।
उक्त कार्यक्रममा प्रदेशका सम्पुर्ण जिल्लाका जिल्ला संघ अध्यक्ष तथा व्यवस्थापन प्रमुख लगायतका प्रतिनिधिहरु गरी करिब २ सय जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा विषयबस्तु प्रस्तुतीकरण तथा सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सनाले गर्नुभएको थियो
Leave a Reply