लुम्बिनी प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान


काठमाडौं । नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान विषयक कार्यक्रम आज रुपन्देहीको बुटवलमा सुरु भएको थियो । त्यसैगरी नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको अध्यक्षतामा रहेको कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो भने प्रमुख अतिथि राष्टिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ लि. रुपन्देहीका अध्यक्ष भीमप्रसाद तुलाचनले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जिल्ला सहकारी संघ तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु,नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, प्रारम्भिक साकोसहरुका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु लगायतको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमलाले जानकारी गराउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन