विन्धवासिनीको २८ औं वार्षिक साधारण सभा सम्पन्‍न


बनेपा । काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्रमा रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाग्मती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवं बाग्मती सहकारी विकास बोर्डका सदस्य रामशरण शर्मा घिमिरे, ज्ञानबहादुर तामाङ र उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियोे । उक्त साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाग्मती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले संस्थाले सञ्चालन गरेका वित्तीय तथा गैह्रवित्तीय सेवाका बारेमा प्रशंसा गर्दै अब संस्थाले सदस्यहरुबाट उत्पादित कृषि सामाग्री संकलन गरी सोको ब्रान्डिङ् एवं उद्यमशिलता गर्नुपर्ने र विकास बोर्ड पनि त्यसमा सहयोग गर्न तत्पर भएको प्रतिवद्धता समेत जनाउनुभएको थियो भने संस्थाले साधारण सभाको अवसरमा बाग्मती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष पदमा मनोनित हुनुभएका उपाध्यक्ष नारायणप्रसाद देवकोटा लगायत सहकारी बोर्डका सदस्यहरु रामशरण घिमिरे, उद्धब सापकोटा, शान्ती अधिकारी र ज्ञान वहादुर तामाङलाई कार्यकाल सफलताको शुभकामनासहित बधाईपत्र प्रदान गरेको थियो ।

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय ४४ जना सेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरी रु. ३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी, रु.२ अर्ब ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप रु २ अर्ब ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा बाँकी रहेको र रु. ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति पुर्‍याउन सफल भएको र पाँचौ त्रिवर्षीय व्यवसायिक योजना अनुसार आ.व.२०८१।८२ सम्ममा १ लाख पाँच हजारलाई प्रतिष्पर्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामाले जानकारी दिनुभएकोे थियो ।

संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विप्रेषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय CUMI Award , ACCESS Silver Brand, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८, संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि.लामा International Credit Union Outstanding Executive Award 2021 बाट सम्मानित हुन सफल भएको कार्यक्रममा जानकारी गराएको थियो ।

बनेपा पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं शेयर सदस्य प्रतिनिधिहरुलाई संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियोे भने संस्थाका सचिव रामशरण भण्डारीले सञ्चा‍लन गर्नुभएको उक्त कार्यक्रममा बाग्मती प्रदेश सहकारी विकास बोर्डका सदस्यहरु रामशण शर्मा घिमिरे, ज्ञानबहादुर तामाङ र उद्धव सापकोटा, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव एवं नेफ्स्कून सञ्चा‍लक जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमिल्सेना लगायतले विन्धवासिनी साकोसका उपलब्धि चर्चा गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न