सहकारीको योगदान अध्ययन प्रतिवेदन सार्वजनिक


गृहमन्त्री बालकृष्ण खाँणले पुँजी निर्माण र परिचालनमा सहकारीको योगदान रहेको चर्चा गर्दै नेपालको समग्र विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले उत्पादनमा लगानी भएको सहकारीको पुँजीले राज्य सञ्चालन र जनतालाई सिर्जनशील बनाइरहेको बताउनुभएको थियो भने सहकारी अभियानले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्दै राज्य सहकारीप्रति सधैं सकारात्मक रहेको बताउनुभएको थियो । त्यसैगरी काठमाडौं विश्व विद्यालयका प्रा.डा. बिनोद कृष्ण श्रेष्ठको टीमले तयार पारेको सो प्रतिवेदन तयार गर्दा अपनाइएको पद्धतिलगायत अध्ययन प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयाका दीपेश कार्कीले प्रतिवेदनको विषयमा प्रस्तुती गर्नुभएको थियो भने राष्ट्रिय योजना आयोगका सहसचिव वाशुदेव शर्माले विस्तृत रुपमा टिप्पणी गर्नुभएको थियो । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनन्त बस्‍नेतले सहकारी व्‍यवसायको प्रवद्र्धनबाट नै राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउने सरकारको उद्देश्य रहेको बताउँदै अध्ययनलाई अझ बृहत्तर बनाउन सुझाव समेत दिनुभएको थियो । सो समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले अध्ययन प्रतिवेदनले गरिबी निवारणमा सहकारीले योगदान पुर्‍याएकोमा खुसी व्यक्त गर्दै बहुआयामिक गरिबी घट्नुमा सहकारी प्रयत्‍न सराहनीय रहेको बताउनुभएको थियो ।

पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले कोभिड महामारीको समयमा पनि भौतिक रुपमा नै प्रदेश नं.१ र २ का २१ जिल्लाहरुमा उपस्थित भएर प्रतिवेदन तयार गर्नु आफैमा उपलब्धी भएको बताउँदै सहकारीले अप्ठेरो र सजिलो दुबै अवस्थामा सदस्यहरुलाई निरन्तर सेवा दिएको विचार व्यक्त गर्नुभएको थियो भने महासंघका वरिष्ठ उपाध्यक्ष एवं आइसीए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले अध्ययन प्रतिवेदनले गरिबी निवारणमा सहकारीको योगदानलाई छर्लङ्ग पारेको बताउँदै योजनाकार र नीति निर्माताहरुलाई लाभदायक हुने बताउनुभएको थियो ।

महासंघका उपाध्यक्ष रमेश पोख्रेलले सहकारी अभियानमा खड्किएको विषयमा उपलब्धी हासिल भएको बताउँदै आगामी दिनमा महासंघले बाँकी ५ वटा प्रदेशको गरिबी न्यूनिकरण सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बताउनुभएको थियो भने महासंघका कार्यक्रम अधिकृत अमित अधिकारीले सञ्चालन गर्नु भएको सो समारोहमा विभिन्न सहकारी संघ-संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन