चरिकोटको छैठौं वार्षिक साधारण सभा सम्पन्न
दोलखा । चरिकोटस्थित अर्थभूमि साकोसको ६ वटा क्षेत्रबाट सुरु भएको छैठौ वार्षिक साधारण सभाको समापन भएको भएको थियो । संस्था अध्यक्ष कृष्णप्रसाद दाहालको सभापतित्व तथा जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यता, बैतेश्वर गा.पा उपाध्यक्ष रबिचन्द्र आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा रू ४०५४६४०० को आय, व्यय र नीति तथा कार्यक्रमलाई संशोधनसहित पारित गर्ने निर्णय गर्दै संस्थाबाट विभिन्न बिधामा पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।
यस वर्षबाट सुरु गरिएको Arthabhumi Member of the Year 2078 बाट शिबलाल चौलागाई सम्मानित गरिएको थियो । उक्त साकोसले पेन्सन योजना पकेटक्षेत्र कार्यक्रम यस बर्षबाट सञ्चालनमा ल्याउने घोषणा गर्दै कार्यक्रमको सञ्चालन संस्थाका सचिब तारानाथ चौलागाई र स्वागत मन्तव्य उपाध्यक्ष यज्ञबहादुर खत्रिले गर्नुभएको थियो भने उक्त अवसरमा साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने प्रत्यक्ष अप्रत्यक्ष सबैलाई धन्यवाद व्यक्त गरिएको थियो ।